• बैशाख २७ २०८३, आईतवार

टेकुमा एक घरमा आगलागी, लाखौ‍ँको क्षति

भाद्र १४ २०७८, सोमबार

काठमाडौं । काठमाडौंको टेकुस्थित एक घरमा आगलागी हुँदा लाखौ‍ँको क्षति भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको कार्यालय नजिकैको घरमा रहेको गोदाममा आगलागी भएको हो । बाल्ट्रा कम्पनीको घरायसी सामान राख्ने गोदाममा विद्युत सट भएर आगालागी भएको अनुमान गरिएको छ ।

काठमाडौं महानगर, प्रहरी र नेपाली सेनाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ । आगालागीबारे थप अनुसन्धान भइरहेको र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।