तनहुँ। केही दिनदेखि परेको वर्षाका कारण आज पहिरो खस्दा डुम्रे-बेँसीशहर सडक अवरुद्ध भएको छ । तनहुँको भानु नगरपालिका- ८ पान सय डाँडामा आज बिहान ९ः ३५ बजे पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको हो ।
बाटो खुलाउनका लागि सडक विभागको स्काभेटर लमजुङबाट आउँदै गरेको र बाटो सञ्चालन हुन दुई-तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ ।