• बैशाख २७ २०८३, आईतवार

वित्तीय अनुशासन कायम गर्नु : प्रधानमन्त्री देउवा

भाद्र १३ २०७८, आईतवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वित्तीय अनुशासन कायम गर्न मुख्यसचिव र सचिवहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले आइतबार सिंहदरवारमा आयोजित महालेखाद्वारा प्रस्तुत लेखापरीक्षण प्रतिवेदन प्रस्तुतिपछि उपस्थित मुख्य सचिव र सबै मन्त्रालयका सचिवहरूलाई सार्वजनिक कोष र सार्वजनिक अधिकार प्रयोग गर्ने पदाधिकारीले सरकारी आर्थिक कारोबार गर्दा वित्तीय अनुशासन कायम गर्न भनेका हुन् ।

प्रधानमन्त्री देउवाले वित्तीय कारोबार गर्ने र सार्वजनिक पदमा रहेका राष्ट्रसेवकले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउदै आर्थिक क्रियाकलापलाई पारदर्शी र जबाफदेही बनाई सार्वजनिक सम्पत्तिको संरक्षण र उपयोगसम्बन्धी विषयमा कानुन बमोजिमको जिम्मेवारी पुरा गर्ने गरी आफ्नो भूमिका र कार्यशैली थप परिष्कृत बनाउनसमेत निर्देशन दिइएको स्रोतले बताएको छ ।