काठमाडौँ। निर्वाचन आयोगले नेकपा एमालेबाट विभाजित भइ बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबाट विभाजित भइ बनेको लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यलाई २१ दिनभित्र सनाखत गर्न निर्देशन दिएको छ ।
अध्यादेशमा दल दर्ताका लागि निवेदन दिएको मितिदेखि २१ दिनभित्र अर्थात् भदौ २२ गतेभित्र निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्न निर्देशन दिएको छ । आइतबार बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो।
प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गराउन सकिने निर्वाचन आयोगले जनाएको छ ।