काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सरकारलाई चाँडै पूर्णता दिने विषयमा छलफल भएको छ ।
दाहालकी स्वकीय सचिव गंगा दाहालले यो कुराको जानकारी दिइन् । सरकारले अझै पूर्णता पाउन सकेको छैन ।
सरकारले पूर्णता नपाउँदै सरकार अमेरिकी एमसीसी लगायतका विषयमा अल्झिएको छ । नेपालमा एमसीसी कुनैपनि हालतमा पास गर्न नहुनेमा जनमत बढेको छ ।