काठमाडौँ। बहुमूल्य बुद्धचित्तको दानासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। ललितपुर महानगरपालिका-२ सानेपा कालोपुलबाट ९ केजी बुद्धचित्तको दाना सहित काठमाडौं स्वयम्भू बस्ने काभ्रेपलान्चोक तिमाल गाउँपालिका-९ ठेगाना भएका २९ वर्षीय रोज बहादुर तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको बताएको छ ।
प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग सानेपा ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ललितपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.२ ज ३६०७ नम्बरको ट्याक्सीलाई चेकगर्दा उक्त बुद्धचित्त सहित फेला पारी तामाङलाई पक्राउ गरेको हो ।
निज तामाङलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।