• बैशाख २७ २०८३, आईतवार

अफगानिस्तानको काबुलको अन्तर्राष्ट्रिय विमानस्थलमा विस्फोट

भाद्र १० २०७८, बिहीबार

काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा विस्फोट भएको छ ।

बीबीसीका अनुसार विहीबार साँझ विमानस्थलको बाहिरी भागमा विस्फोट भएको छ । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले विस्फोट भएको पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ ।

पेन्टागनका प्रवक्ता जोन किर्बीले भनेका छन्, ‘हामी यो विस्फोटको पुष्टि गर्छौ । काबुल विमानस्थलको बाहिरी भागमा विस्फोट भएको छ । तर हताहतीको संख्याबारे अहिले स्पष्ट भएको छैन । हामीले थप विवरण पाएपछि थप जानकारी गराउने छौं ।’