• बैशाख २७ २०८३, आईतवार

सिन्धुपाल्चोकमा यात्रुवाहक बस दुर्घटना : १८ जना घाइते,२ बेपत्ता

भाद्र ९ २०७८, बुधबार

सिन्धुपाल्चोकमा यात्रुवाहक बस दुर्घटना भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन् भने दुईजना बेपत्ता भएका छन् ।

बुधबार सुनकोशी गाँउपालिकाको ठोकर्पाबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८०३० नम्बरको बस दुर्घटना भएको हो। बस ढलान गरिएको घुम्ती सडकबाट करिब ३० किलोमिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइते १८ जनामध्ये तीनजनाको खाडीचौरस्थित सिन्धु सदावहार अस्पतालमा र १५ जनालाई थप उपचारको लागि काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल रिफर गरिएको बताइएको छ।
स्थानीयहरुले दुईजना बसले च्यापिएर बसेको बताए पनि पुष्टि भने भैसकेको छैन।

बसको चालक तथा सहचालकको पहिचान नभइसकेकाले दुर्घटना के कारणले भएको हो भन्ने खुल्न नसकेको प्रहरीको भनाइ छ।