काठमाडौं । पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् ।
ती संगठनले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले सम्पूर्ण तथ्य र तथ्याङ्कलाई लुकाएर अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्थामा नेपालमा बढाइएको भन्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका हुन् ।
विज्ञप्तिमा नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुङ्गाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैटौँका अध्यक्ष विमल पोखरेलको हस्ताक्षर छ ।