काठमाडौँ। निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेताहरूलाई सनाखत गर्न समय तोकेको छ।
माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई खनाखतका लागि आयोगले समय दिएको हो।
बुधबार बिहान ११ः३० बजेदेखि २ बजेसम्म सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
सरकारले अध्यादेश ल्याएपछि एमालेका सांसद तथा केन्द्रीय सदस्यहरूले नेता नेपाल अध्यक्ष हुने गरी नयाँ दल दर्ता गर्न निवेदन दिएका थिए भने आयोगले नै जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर पक्ष दलविहीन भएको थियो।