• बैशाख २७ २०८३, आईतवार

भदौ १ गतेदेखि आजसम्म करिब ६०० नेपाली अफगानिस्तानबाट स्वदेश फर्किए,अझै फर्किने क्रम जारी

भाद्र ५ २०७८, शनिबार

काठमाडौं । अफगानिस्तानबाट भदौ १ गतेदेखि आजसम्म करिब ६०० नेपाली स्वदेश फर्किएका छन् ।

अफगानिस्तानमा विद्रोही तालिवान राजधानी काबुल प्रवेश गरेपछि नेपालसहित विभिन्न मुलुकका नागरिक स्वदेश फर्किरहेकामा एक साताको अवधिमा ५२२ जना स्वदेश फर्किएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयलका अनुसार एक साताको भने थप ३१७ ले स्वदेश फर्कनका लागि नाम दर्ता गराएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले भदौ १ गतेदेखि आजसम्म झण्डै ६०० नेपाली अफगानिस्तानबाट स्वदेश फर्किएको जानकारी दिए । आज बिहान मात्रै दुई उडानमा क्रमशः २७ र ९ गरी ३६ नेपाली स्वदेश फर्किएका छन् । आज राति पनि केही सङ्ख्यामा नेपाली स्वदेश फर्किने उडान तालिका रहेको छ ।

अफगानिस्तानबाट काठमाडौँ आएका नेपालीलाई गृहमन्त्रालयसँगको समन्वयमा नेपाली सेनाले होल्डिङ सेन्टरमा लगेर कोभिड–१९ परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाउने व्यवस्था मिलाइएको छ ।