• बैशाख २७ २०८३, आईतवार

एमाले कमजोर पार्ने देउवा, दाहाल र सापकोटालाई आगामी निर्वाचनमा महँगो पर्नेछ : महेश बस्नेत

भाद्र ४ २०७८, शुक्रबार

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले एमाले कमजोर पार्ने प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई आगामी निर्वाचनमा महँगो पर्ने चेतावनी दिएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै बस्नेतले आफ्नो पार्टीलाई कमजोर बनाउने काममा लागेको आरोप लगाउदै एमाले कमजोर पार्ने देउवा, दाहाल र सापकोटा तीनै जनालाई आगामी दिनमा महँगो पर्ने चेतावनी दिएका हुन् ।

आगामी निर्वाचनमा पनि नेकपा (एमाले) नै अत्यधिक बहुमतका साथ आउने दाबी गर्दै बस्नेतले ४० महिनाको अवधिमा ओली सरकारले विकास र समृद्धिको यात्रा अघि बढाएको स्मरण गराउँदै उनले अहिले ओलीको उक्त समृद्धिको यात्रामा ब्रेक लगाउने काम भएको पनि टिप्पणी गरे ।