काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ` प्रचण्ड´ वरिष्ठ जनगायक जेबी टुहुरेलाई बल्खुस्थित बयोधा अस्पताल पुगेका छन् ।
स्ट्रोक भएर उपचाररत टुहुरेको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका हुन् ।
अस्पताल पुगेर अध्यक्ष प्रचण्डले चिकित्सकहरुसँग जनगायक टुहरेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
यही भदौ १ गते ‘स्ट्रोक’ भएपछि गायक टुहुरेलाई बल्खुस्थित बयोधा अस्पतालमा भर्ना गरिएको थियो । उनलाई अस्पतालको सीसीयू कक्षमा राखेर उपचार भईरहेको छ ।