• बैशाख २७ २०८३, आईतवार

सशस्त्र प्रहरीमा जनशक्ति थप्ने र साधन स्रोत सम्पन्न गराउनेबारे सरकार गम्भीर

भाद्र २ २०७८, बुधबार

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरीमा जनशक्ति थप गर्ने र साधन स्रोत सम्पन्न गराउने सन्दर्भमा सरकार गम्भीर रहेको बताएका छन्।

काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरी बल नेपालको निरीक्षण गर्न पुगेका गृहमन्त्री खाँणले त्यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै मुलुक र जनताको सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी पाएको सीमा सुरक्षा चौकीको संख्या थप्ने, प्रहरीको क्षमता वृद्धि गर्ने र भइरहेका चौकीको स्तरोन्नति गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले जनशक्तिको वृद्धि, स्रोत साधन र क्षमतावान बनाउन नेपाल सरकार गम्भीर रहेको र सशस्त्र प्रहरी हरेक क्षेत्रमा काम गर्नका लागि एक्लै छैन भनेर विश्वास दिलाउदै आगामी दिनमा अझै थप जिम्मेवारीका साथ कर्तव्य निर्वाह गर्ने आशा व्यक्त गरे । उनले भने – ‘सशस्त्र प्रहरीलाई साधन स्रोतयुक्त बनाउन सरकारले सक्दो पहल गर्ने छ, त्यसका लागि नेपाल मन्त्रालय गम्भीरतापूर्वक लाग्नेमा विश्वस्त गराउँदछु’ ।

गृहमन्त्री खाँणले कोरोनाको प्रभाव गम्भीर चुनौतीको रूपमा रहेको जनाउदै जनताको जीवन रक्षाका लागि अझै गम्भीरतापूर्वक लाग्न उनले सशस्त्र प्रहरीलाई निर्देशन दिए ।