• बैशाख २७ २०८३, आईतवार

कुलमानविरुद्धको रिट कुमार रेग्मीको इजलासमा

भाद्र २ २०७८, बुधबार

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गर्दै विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा बुधबार (आज ) सुनुवाइ हुँदैछ ।

उक्त रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिएको छ ।

आफूलाई गैरकानूनी ढंगले हटाइएकाले पुनर्बहाली गर्न माग गर्दै शाक्यले सोमबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

शाक्यलाई हटाएर सरकारले साउन २५ गते कुलमानलाई प्राधिकरणमा नियुक्त गरेको थियो ।

कुलमानको नियुक्तिविरुद्धको रिट न्यायाधीश रेग्मीको एकल इजलासको १० औं नम्बरमा छ ।