• बैशाख २७ २०८३, आईतवार

क्यान्सर पीडित नन्दकलालाई झण्डै ३ लाख आर्थिक सहयोग

भाद्र १ २०७८, मंगलवार

गोवा । क्यान्सर पीडित नन्दकलाको जीवन रक्षाको लागि गोवामा बस्ने प्रवासी नेपालीहरुले २ लाख ८८ हजार ५ सय २८ नेपाली रुपैयाँ आर्थिक सयोग गरेका छन् ।

केही समय पहिलादेखि क्यान्सर रोगबाट पीडित नन्दकला परियारले आफ्नो जीवन बचाइदिन अपिल गरेकी थिइन् । उपचारको लागि केही महिना पहिला भारतको गोवामा गएकी रुकुम त्रिवेणी गाउपालिका–६ निवासी ५७ वर्षीया परियारले आफूलाई क्यान्सर भएको र उपचारका लागि आर्थिक अवस्था एकदमै न्यून रहेको भन्दै सहयोगको लागि विभिन्न संघ सस्थालाई अपिल गरेकी थिइन् ।

उनको उपचारको सयोगका लागि संयुक्त गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापापुनको संयोजकत्वमा ११ सदस्यीय आर्थिक समिति बनेको थियो । सो आर्थिक समितिले विभिन्न संघ र संगठन तथा विभिन्न व्यक्तिबाट आर्थिक संकलन गरी नन्दलालाई हस्तान्तरण गरिएको हो । नन्दलालाई २०१३ मा छातीको क्यान्सर भएको छ ।

केहि महिना पहिले स्वास्थ्य जाँच गराउँदा उनलाई पुनः हिपको देब्रेपट्टी क्यान्सर भएको पुष्टि भएको थियो । उनको हिपको देब्रेपट्टीको जोर्नी हड्डीमा भएको क्यान्सरको अपरेसन गरेर पुरानो हड्डी निकालेर नयाँ प्लेट राख्नुपर्ने भएकोले थप आर्थिक सयोगको लागि नन्दलालका छोरा जीवन परियारले अपिल गरेका छन् ।

आमाको उपचारमा न्युनतम १० लाख जति नेपाली रुपैयाँ लाग्ने भएको जानकारी दिएका छन् । आफ्नो आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले आमाको उपचारको खर्चको लागि विभिन्न संघ–संगठनलाई अपिल गरेका छन् ।