वीरगञ्ज। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले नारायणी अस्पताल वीरगञ्जमा छापा मारेको छ।
औषधी खरिदमा व्यापक अनियमितता भएको भनी उजुरी परेपछि सोमबार अख्तियारको हेटौंडा कार्यालयबाट खटिएको टोलीले छापा मारेको हो।
टोलीले अहिले औषधी खरिद लगायत अस्पतालका विभिन्न कागजात नियन्त्रणमा लिने काम गरिरहेको बताइएको छ।