काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेको छ । बिहीबार अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालय समेतबाट खटिएको टोलीले छापा मारेको हो । प्रतिष्ठानभित्र विभिन्न आपूर्तिका सामानमा पदाधिकारीले भ्रष्टाचार गरेको विषयमा अख्तियारको केन्द्रीय कार्यलयमा उजुरी परे पछि टोलीले छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रतिष्ठानमा उपकुलपति डा ज्ञानेन्द्र गिरी र डा मोहनचन्द्र रेग्मी रजिष्ट्रार भएर आएयता बेथिति बढेको तथा चरम भष्ट्राचार भएको आन्दोलनरत पक्षको भनाइ छ ।