• बैशाख २७ २०८३, आईतवार

विराटनगरमा जोगबनी सिमा खुला !

श्रावण २७ २०७८, बुधबार

विराटनगर । कोरोना भाइरस संक्रमण फैलिन नदिन गरिएको लकडाउनबाट लक भएको जोगबनी सिमा खुला गरिएको छ ।

भारतीय सिमासँग जोडिएको विराटनगरको जोगबनी बोर्डरबाट पैदल यात्रीका लागि आवतजावत खुल्ला गरिने भएको हो ।

कोरोना महामारीका कारण लामो समयदेखी बन्द रहेको विराटनगरको जोगबनी नाका बुधबारबाट खुल्ला गरिने भएको हो ।

सिमा खुला नहुदा अवैध रुपमा आवतजावत बढेपछि रोक्न बोर्डर खुला गरिएको छ ।

बोर्डर खुलासंगै आवतजावत गर्नेको भिड बढेको छ ।