• बैशाख २७ २०८३, आईतवार

नागरिक उड्‍डयान प्राधिकरण टुक्र्याउनेगरी ल्याएको विधेयक फिर्ताको माग गर्दै कर्मचारी आन्दोलित

श्रावण २६ २०७८, मंगलवार

काठमाडौं । नेपाल नागरिक उड्‍डयन प्राधिकरणलाई टुक्र्याएर दुई वटा संस्था बनाउनेगरी विधेयक आएको भन्दै विधेयक फिर्ताको माग गर्दै प्राधिकरणका कर्मचारी आन्दोलनरत छन्।

प्राधिकरणलाई टुक्र्याएर सरकारले आज (मंगलबार) प्रतिनिधि सभामा प्राधिकरण टुक्र्याउने गरी दुई वटा विधेयक दर्ता गरेको छ । नेपाल नागरिक उड्‍डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पेश भएको हो ।

सोमबारदेखि सुरु गरिएको आन्दोलनको कार्यक्रम बिहीबारसम्मका लागि सार्वजनिक गर्दै कर्मचारीहरु यसले हवाई सेवालाई महँगो बनाउनुका साथै स्वार्थ समूहको चलखेलले उड्‍डयान सुरक्षामा नै असर पर्ने भन्दै आन्दोलित भएका हुन्।

कर्मचारीहरुले बुधबारसम्म प्रत्येक दिन १० बजेदेखि १ बजेसम्म पेन डाउन गर्ने, १२ बजेदेखि १ बजेसम्म कालोपट्टी बाँधेर महानिर्देशकको कार्यकक्ष घेराउ गर्ने, बिहीबारबाट महानिर्देशक लगायतका कार्यकक्षहरुमा तालाबन्दी गर्ने जस्ता कार्यक्रम सार्वजनिक गरेका छन्।