• बैशाख २७ २०८३, आईतवार

बिहीबार राति ८ बजेदेखि काठमाडौं उपत्यकामा सवारी संचालनमा रोक

श्रावण २६ २०७८, मंगलवार

काठमाडौँ। बिहीबारदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएकाे छ ।

मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले उक्त निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो। तर, अत्यावश्यक सवारीसाधन सञ्चालनमा भने रोक नलगाइएको उनले बताए । साथै जारी निषेधाज्ञा भदौ ८ गतेसम्म थप गरिएको उनले बताए ।