• बैशाख २७ २०८३, आईतवार

परीक्षा रोक्न माग गर्दै पद्‌मकन्या क्याम्पसमा प्रदर्शन, केही विद्यार्थी प्रहरी नियन्त्रणमा

श्रावण २६ २०७८, मंगलवार

काठमाडौँ। काठमाडौँको बागबजारस्थित पद्मकन्या क्याम्पसमा परीक्षा रोक्न माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । उनीहरुले विद्यार्थीहरुलाई कोरोना विरुद्ध खोप लगाउन माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘नो भ्याक्सिन नो एक्जाम’ भन्दै नारा लगाएका थिए । आज बिबिए, बिआइएमलगायत स्नातक तहका छैटौं सेमेस्टरका विद्यार्थीको परीक्षा चलिरहेको छ । प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेपसमेत भएको थियो । केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।

विद्यार्थीहरुले भौतिक उपस्थितीमा परीक्षा गर्दा कोरोना सर्ने जोखिम भएकाले परीक्षा सार्न माग गरिहेका छन् । तर, त्रिविले भदौ ५ सम्मका परीक्षा नसर्ने बताइसकेको छ ।

सरकारले कक्षा १२ को परीक्षा भने स्थगित गरेको छ ।