नेपालगञ्ज । दाङको बबई गाउँपालिका वडा नं ५ जलुके निवासी वर्ष २० की गंगा परियारको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेजमा उनको मृत्यु भएको हो ।
उनको मृत्यु के कारणले भएको हो भन्ने नखुलेको मृतककी सासु नोखी परियारले जानकारी दिइन् । उनको केही दिन देखि नेपालगञ्ज मेडिकल कलेजमा उपचार भैरहेको थियो । उनको मृत्यु कसरी भयो भन्ने अस्पतालले अहिलेसम्म खुलाएको छैन ।