• बैशाख २७ २०८३, आईतवार

तनहुँमा यात्रुवाहक बस दुर्घटना, ७ जना घाइते

श्रावण २५ २०७८, सोमबार

तनहुँमा सोमवार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। तनहुँको ब्यास नगरपालिका-५ स्थित कन्टार भन्ने स्थानमा पोखराबाट दमौलीतिर आउँदै गरेको ग १ ख ४२१५ नम्बरको बस दुर्घटना भएको हो ।

चालकसहित ७ जना घाइतेहरुलाई उद्धारपछि अस्पताल पठाइएको जनाइएको छ।

बस अनियन्त्रित भई पृथ्वी राजमार्गबाट करीब १२ फिट तल खस्न गई दुर्घटना भएको प्रहरीको भनाइ छ ।