• बैशाख २७ २०८३, आईतवार

गुप्ताङ्गमा ब्राउनसुगर लुकाएर ल्याउने दुई महिला पक्राउ

श्रावण २४ २०७८, आईतवार

झापा । गुप्ताङ्गमा ब्राउनसुगर लुकाएर ल्याउँदै गर्दा दुई महिला पक्राउ परेका छन् ।

झापा दमक १ बस्ने ३४ वर्षिया मञ्जु धिमाल र २५ वर्षिया बिमला धिमाल पक्राउ परेका हुन् ।

शनिबार साँझ ७ बजे गौरीगञ्ज–४ कदमगाछीमा सीमा प्रहरी चौकी खजुरगाछी र सशस्त्र प्रहरी बलको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

उनीहरुले संवेदनशील अंगमा लागूऔषध लुकाएको हुनसक्ने शंकाको आधारमा खजुरगाछी स्वास्थ्य चौकीका स्वास्थ्य कर्मचारीलाई चेकजाँच गर्न लगाउँदा मञ्जुले गुप्ताङ्गमा लुकाएको ४४.३००ग्राम ब्राउनसुगर बरामद भएको छ ।

दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इप्रका गौरीगञ्जमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।