• बैशाख १३ २०८२, शनिबार

ओलीले तराईका थारुको भोटको दुरुपयोग गरेः नेता थारु

माघ २८ २०७७, बुधबार

विभाजित नेकपाका केन्द्रीय सदस्य सन्तकुमार थारुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरंकुश तानाशाह भएको आरोप लगाएका छन् । दाहाल नेपाल समूहले आज काठमाडौंमा आयोजना गरेको प्रतिगमन विरुद्धको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

थारुले प्रतिगमन बाटो समाएर ओलीले तराईका थारु समुदायको भोटको दुरुपयोग गरेको उनको आरोप लगाए । देशभरबाट ल्याइएका हजारौं सहभागिहरुको बीचमा निकै आक्रोशित मुद्रमा बोलेको थारुले प्रतिगमन नसच्चिए जस्तोसुकै आन्दोलन चेतावनी पनि दिए ।

सभा चलिरहेको छ । सभामा आधाजर्दन नेताहरुले सम्बोधन गरिसकेका छन् ।