• बैशाख १३ २०८२, शनिबार

केपी ओली पनि ज्ञानेन्द्र झैं पछुताउनु पर्नेछः अन्सारी

माघ २८ २०७७, बुधबार

विभाजित नेकपाका केन्द्रीय सदस्य महफुल अन्सारीले प्रतिनिधि सभा विघटनको मुद्धामा अदालतमा भएको भनिएको सेटिङको कडा शब्दमा विरोध जनाएका छन् ।

आज सो पार्टीले काठमाडौंमा गरेको आमसभालाई वक्ताकोरुपमा सम्बोधन गर्दै उनले यस्तो विरोध जनाएका हुन् । सभामा बोल्दै अन्सारीले प्रधानमनत्री केपी ओलीले जंगली शासन चलाएको आरोप पनि लगाए । जनतालाई कुनैपनि सूचना नदिएर एकाएक संसद भंग गर्ने काम निरंकुश भएको र त्यो दिनलाई कालो दिनकोरुपमा मनाउनु पर्ने उनको भनाइ रहेको थियो ।

एक प्रसंगमा उनले पूर्वराजा ज्ञानेन्द्र जस्तै केपी ओलीपनि पछुताउनु पर्ने दिन आउने उनको भनाइरहेको थियो । उनले मधेसी जनता यो प्रतिगमन नसच्चिएसम्ममा सडकमै रहने दावी पनि गरे ।