काठमाडौं, देशभर थप १६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार हजार ३०९ जनाको परीक्षण गरिएकोमा थप १६० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७२ हजार २१५ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार ७३७ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका १६५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा निको हुनेको संख्या दुई लाख ६८ हजार ४३१ पुगेको छ ।
यस्तै पछिल्लो चौबीस घण्टामा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ४७ पुगेको छ ।