• बैशाख १३ २०८२, शनिबार

भागरथी भट्टको पोष्टमार्टम रिपोर्टमा बलात्कार पछि घाँटी थिचेर हत्या भएको खुलासा

माघ २६ २०७७, सोमबार

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षीया किशोरी भागरथी भट्टको पोष्टमार्टम रिपोर्ट आएको छ । रिपोर्टमा बलात्कारपछि हत्या भएको खुलेको छ।

जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टम रिपोर्टले भागरथीको बलात्कार पछि हत्या भएको देखाएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले भागरथीको बलात्कार पछि घाँटी थिचेर हत्या भएको खुलेको पुष्टि गरे।

बुधवार विद्यालयबाट सम्पर्कविहीन भएकी भागरथीको बिहीवार साँझ हत्या गरी फालिएको अवस्थामा घर नजिकैको लबलेक सामुदायिक वनमा शव भेटिएको थियो।