• बैशाख १२ २०८२, शुक्रबार

भागिरथीको हत्यारा पत्ता लगाइ कारबाही गर्न विवेकशील साझाको माग

माघ २५ २०७७, आईतवार

काठमाडौं । नेपाली समाजमा बलात्कार र हत्याका घटनामा निकै नै वृद्धि भएको छ । यस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकारले कानुन पनि बनाएको छ । अपराधमा संलग्नहरु धमधम पक्राउ परिरहेका छन् र कारवाही पनि भइरहेको छ तर पनि यस्ता अपराधहरु किन रोकिएका छैनन् ? नरोकिने मात्रै होइन झन बढेर गएका छन् । निर्मला पन्तहरुले त न्याय पाएनन् नै उनीजस्ता हजारौं बालिकाहरुले पनि न्याए पाएको अवस्था छैन ।

२ दनिअघि मात्रै बैतडीमा निर्मला पन्तलाई बिर्साउने गरी अर्को घटना भएको छ । एकजना १७ वर्षीय किशोरीलाई बलातकार गरी मारेर फालिएको छ । सो आपराधिक र हृदयविदारक घटनाको सर्वत्र निन्दा भइरहेको छ । प्रहरी सो घटनामा संलग्नलाई पक्राउ गर्ने अभियानमै छ तर सफलता कति हात पार्ने हो त्यो भने हेर्न बाँकी नै छ ।

बलात्कारपछी हत्या गरेर पालिएकी ती भागिरथी भट्टले न्याय पाउलिन वा निर्मला पन्त झैं अन्यायकै आगोमा जलेर खरानी होलिन ? प्रश्न खडा छ । यसैबीच विवेकशील साझा पार्टीले बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीया किशोरी भागिरथी भट्टको विभत्स हत्या भएको निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेको छ ।

सो पार्टीका प्रवक्ता शरदराज पाठकले आइतबार एक विज्ञप्ति जारी गर्दै हत्या हुनुअघि बलात्कारको आशङ्का गरिएको यो घटनाको यथाशीघ्र निष्पक्ष र वैज्ञानिक अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउन स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायहरूसँग अनुरोध गरेका छन् । उनले यस्ता घटनाहरूमा अवाञ्छित राजनीतिकरण हुने र दोषी पक्ष नै राज्यबाट संरक्षित हुने निकट विगत नदोहोरियोस् भन्नेमा पनि पार्टीले सम्बन्धित अधिकारीहरूलाई सचेत गराएको जनाएका छन् ।