• बैशाख १२ २०८२, शुक्रबार

पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना सङ्क्रमण

माघ २५ २०७७, आईतवार

काठमाडौँ। देशभर थप ११९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई हजार २५१ जनाको पिसीआर परीक्षण गरिएकमा ११९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ९२५ पुगेको छ। त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार ८१५ रहेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा कोरोनाका २६० जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।योसँगै नेपालमा निको हुनेहरुको कुल संख्या २ लाख ६८ हजार ०७२ पुगेको छ ।

यसैगरी पछिल्लो चौबीस घण्टामा तीनजना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट नेपालमा दुई हजार ३८ जना सङ्क्रमितले गुमाएका छन् ।