• बैशाख १२ २०८२, शुक्रबार

पोर्न भिडियो बनाएर वेबसाइटमा राख्ने भारतीय मोडल पक्राउ

माघ २५ २०७७, आईतवार

नयाँदिल्ली । जानकारहरु भन्छन् की, ‘पैसाको लागि भारतीयहरु जे पनि गर्छन्, यौन पनि खुलेआम बेच्छन् ।’ पछिल्ला घटनाक्रमहरुले यस्तै देखाएका छन् । भारतमात्रै होइन अपवाद बाहेक संसारका पुँजीवादी मुलुकहरु जसरी आफूले उत्पादन गरेको वस्तुलाई विश्व बजारमा बिक्री गर्छन्, त्यसैगरी महिला र उनको यौनलाई पनि बेचेर पैसा कामइरहेका छन् ।

यस्तै आरोप लागेको छ एकजना भारतीय मोडललाई । यस्तो हुनु स्वभाविकै पनि हो । किनकी जब कला कलाकोरुपमा रहन्न वा कला मोडल वा अंग प्रदर्शनमा रुपान्तरण हुन्छ तब हुने त्यही नै हो । यसरी वस्तुलाई मूल्यांकन गर्ने हो भने पोर्न भिडियो निर्माणको आरोपमा अभिनेत्री तथा मोडल गहना वशिष्ठ पक्राउ पर्नुलाई अन्यथा लिनु हुँदैन ।

पोर्न भिडियो निर्माण र वेबसाइटमा राखेको आरोपमा उनी पक्राउ परेको बताइएको छ । उनी पक्राउ परेको जानकारी मुम्बई प्रहरीले दिएको बलिउड मिडियाले समाचार बनाएका छन् । समाचारमा जनाइए अनुसार अभिनेत्रीको अलवा पुलिसले यो मामलामा अन्य मोडल, साइट अभिनेत्री र केही प्रोडक्सन हाउसको पनि निगरानी गरिरहेको छ । उनीहरुलाई पनि एडल्ट फिल्म मोबाइल एप तथा वेबसाइटमा सम्पादन गरेर अपलोड गरेको आरोप लगाइएको छ ।

एक प्रहरी अधिकारीका अनुसार गहना वशिष्ठले ८७ अश्लिल, पोर्न भिडियो बनाएर आफ्नो वेबसाइटमा अपलोड समेत गरेकी छन् । जुन हेर्न सदस्यताको आवश्यक पर्दछ । जसले उनको च्यानलको सदस्यता लिएका छन् उनीहरुले पनि दुई हजार रुपैयाँ तिरेर हेर्न पाउँछन् । शनिबार उनलाई सोधपुछ मात्र गरिएको थियो भने आइतबार अदालतमा हाजिर गरिनेछ ।

पछिल्लो समय गहना अल्ट बालजीको वेब सिरिज ‘गन्दी बात’मा समेत देखिएकी थिइन् । उनले स्टार प्लसको ‘बहने’मा पनि काम गरिसकेकी छिन् । यसको अलवा उनले साउथको कयौं फिल्ममा पनि काम गरेकी छिन् । पैसाको लागि जे पनि गर्ने पुँजीवादी छाडा समाजमा यी यस्ता कुरा अब विस्तारै सामान्य लाग्दै जाँदैछन् । यसको विकल्प र यसलाई नियन्त्रण गर्ने उपाय नखोज्ने हो भने समाज अमानवीय र अशिष्ट बन्दै जाने निश्चित छ ।