• बैशाख १२ २०८२, शुक्रबार

विश्वचर्चित सेलिब्रेटीले किसानको समर्थन गरेपछी तर्सियो भारत

माघ २५ २०७७, आईतवार

नयाँदिल्ली । विभेदकारी कृषि कानुनविरुद्ध केही समययता भारतीय किसानहरुको आन्दोलन जारी छ । सो आन्दोलनको समर्थनमा विश्व चर्चित सेलिब्रिटीहरुले ट्वीट गरेका छन् ।

सेलिब्रिटीको धारणाप्रति भारतले प्रतिक्रिया जनाएको छ । पपस्टार रिहाना, पर्यावरण अभियन्ता ग्रेटा थनबर्ग र अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका नातेदार मीरा ह्यारिसले किसान आन्दोलनको समर्थनमा ट्वीट गरेका थिए ।

त्यसपछि विश्वभरको मिडियामा उक्त आन्दोलनको समाचारले प्राथमिकता पायो ।
भारतका विदेशमन्त्री एस जयशंकरले सेलिब्रिटीका ट्वीटप्रति टिप्पणी गरेका छन् । यस विषयमा सेलिब्रिटीहरुलाई धेरै कुरा थाहा नभएको जयशंकरले बताएका हुन् ।

केही सेलिब्रिटीले यस विषयमा धेरै कुरा थाहा नभएकोले आफ्नो धारणा सार्वजनिक गरेको उनको भनाइ छ । सोही कारण विदेश मन्त्रालयले प्रतिक्रिया जनाउनुपरेको उनले उल्लेख गरेको बीबीसीले जनाएको छ ।