• बैशाख १२ २०८२, शुक्रबार

कांग्रेस निकट ६ वटा पेशागत संघ संस्थाद्वारा विरोध प्रदर्शन

माघ २४ २०७७, शनिबार

कपिलवस्तु  । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा शनिबार ट्रेड युनियन कांग्रेसमा आबद्ध पेशाकर्मीहरुले कपिलवस्तुको सदरमुकाम तौलिहवामा बिरोध प्रदर्शन गरेका छन् ।

ट्रेड युनियन कांग्रेसको अगुवाईमा कांग्रेस निकट ६ वटा पेशागत संघ संस्थाले तौलिहवा प्रदर्शन गरेका हुन् । शुभेच्छुक संस्थाले देशैभर प्रदर्शन गर्ने नेपाली काङ्ग्रेस केन्द्रीय समितिको कार्यक्रम अनुसार शनिबार दिउँसो तौलिहवामा पार्टीका ६ शुभेच्छुक संस्थाले विरोध प्रदर्शन गरेका हुन् । तौलिहवाको बुद्धपदम माबिको फिल्डबाट निस्किएको र्यालीले प्रशासन बजारका विभिन्न भागको परिक्रमा गरेको थियो ।

कालोपट्टी बाध्नुका साथै कालो माक्स लगाएका र्यालीका सहभागीले प्ले कार्ड बोकेका थिए । नाराबाजी बिनै र्यालीका सहभागी बजारका विभिन्न भागको परिक्रमा गरेका थिए । उता कांग्रेस पार्टी कार्यालयमा महिला संघको अन्तरक्रिया संपन्न गरिएको छ ।