• बैशाख १२ २०८२, शुक्रबार

खाना नबनाएको भन्दै बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गर्ने पुन पक्राउ

माघ २४ २०७७, शनिबार

पोखरा । बञ्चरो प्रहार गरी  श्रीमतीको हत्या गरेको अभियोगमा पोखराबाट एकजना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३३ उपल्लो पुँडी बस्ने ५० वर्षीय गमबहादुर पुनलाई आफ्नै श्रीमती हरिमाया पुनको हत्या गरेको आरोपमा शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू पर्वत जलजला गाउँपालिका-७ धाइरिङका हुन् ।

पोखरामा डेरा गरी बस्ने पुनले  श्रीमतीलाई राति पौने ८ बजे बञ्चरो प्रहार गरेको प्रहरीले जनाएको छ । हरिमाया आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न गमबहादुरलाई पोखरा महानगरपालिका-३३ लामगादीबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए ।

खाना नबनाएको विषयमा आपसमा झगडा हुँदा गमबहादुरले श्रीमतीलाई बञ्चरो प्रहार गरेको अनुसन्धानबाट खुलेको हमालले बताए । उनीमाथी कर्तव्य ज्यान मुद्धामा अनुसन्धान भइरहेको हमालले बताए । मृतक हरिमायाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पोखरामा राखिएको छ ।