काठमाडौं। देशभर थप ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा पछिल्लो चौबीस घण्टामा दुई हजार ७९५ जनाको परीक्षण गरिएकोमा थप ९९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ८०६ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार ९५९ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर २ सय ४८ जना निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेहरुको कुल संख्या २ लाख ६७ हजार ८१२ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।