जनकपुरमा नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । सो समूहले आयोजना गरेको आमहड्तालका क्रममा जुलुस अगाडि बढेपछि प्रहरीले बल प्रयोग गरेको र दुवै पक्षबीच झडप भएको हो। झडपका क्रममा दाहाल- समूहका समूहका केन्द्रीय सदस्य रामचन्द्र झा र स्थायी कमिटी सदस्य मातृका यादव घाइते भएको नेकपाले जनाएको छ ।