• बैशाख १२ २०८२, शुक्रबार

काठमाडौं उपत्यकाबाट प्रचण्ड–नेपाल समूहका १५० कार्यकर्ता पक्राउ

माघ २२ २०७७, बिहीबार

काठमाडौं । प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्तालका क्रममा काठमाडौं उपत्यकाबाट १५० नेता–कार्यकर्ता पक्राउ परेका छन् । संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा सो समूहले आज एकदिने आमहड्तालको घोषणा गरेको हो ।

नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, अमृता थापा,विजय पौडेल लगायत १ सय ५० बढी नेता–कार्यकर्ता पक्राउ परेको संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रर्दशनकारी काठमाडौंको कोटेश्वरलगायत क्षेत्रमा जम्मा भएका छन् ।