काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको जोशीको तस्वीराङ्कित हुलाक टिकटमा टाँचा प्रदान गरेकी छिन् ।
फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिले जोशीको तस्वीराङ्कित हुलाक टिकटमा टाँचा प्रदान गरेकी हुन् ।
गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शताब्दी पुरुष जोशीको तस्वीराङ्कित छपाइ भइआएको हुलाक टिकट प्रकाशन गर्न स्वीकृत दिने निर्णय गरेको थियो ।
हुलाक टिकट व्यवस्थापन कार्यालयका अनुसार जोशीको तस्वीराङ्कित रु १० को हुलाक टिकट १० लाख थान छापिएको छ ।