काठमाडौँ। देशभर थप १७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।विभिन्न प्रयोगशालामा पछिल्लो चौबीस घण्टामा दुई हजार ९४६ जनाको पीसीआर परीक्षण गरिएकोमा १७१ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार २८९ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या २ हजार ४०० रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट २५९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । याेसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६६ हजार ८५९ पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.३७ मा उक्लेकाे छ ।
यसैगरी पछिल्लो चौबीस घण्टामा एकजना सङ्क्रमितकाे मृत्यु भएकाे छ । याेसँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ३० पुगेको छ।