काठमाडौं । सिमसार कमलपोखरी परिसरभित्र रहेको भवनहरु काठमाडौं महानगरपालिकाले भत्काएको छ ।
आइतबार डोजर प्रयोग गरेर कमलपोखरी स्पोर्टस् क्लब, र राधे–राधे सत्संग् भवन भत्काइएको हो ।
कमलपोखरी पुनःनिर्माण गर्ने योजनाअनुरुप भवनहरु भत्काएको महानगरपालिकाले जनाएको छ ।
विनासूचना भवनहरु भत्काएको भन्दै क्लवका पदाधिकारी र प्रहरीले आपत्ति जनाएको छ ।
भवनहरु भत्काउँ कसैले पनि कोठाबाट सामानहरु निकाल्न पाएनन् ।