• जेष्ठ २७ २०८२, सोमबार

सभामुखले फिर्ता पठाए संवैधानिक आयोगका नियुक्ति सिफारिस

माघ १८ २०७७, आईतवार

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाइका लागि संवैधानिक परिषदले गरेका सिफारिसहरूलाई फिर्ता पठाइदिएका छन्। सभामुख सापकोटाले अहिलेको अवस्थामा संसदीय सुनुवाइ हुन सक्ने अवस्था नरहेकाले भन्दै फिर्ता पठाइदिएका हुन्।
परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायमा नियुक्तिका लागि नाम संसदीय सुनुवाइको निम्ति संसद्‍मा पठाएको थियो ।

गत पुस ५ गते संसद् सचिवालयमा संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।