• बैशाख ११ २०८२, बिहीबार

प्रधानसेनापति थापा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

माघ १६ २०७७, शुक्रबार

काठमाडौंं । प्रधान सेनापति पूर्णचन्द्र थापा र अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच जंगी अड्डामा भेटवार्ता भएको छ ।                                                                    प्रधान सेनापति थापा र अमेरिकी राजदूत बेरीबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको हो ।
यस किसिमको नियमित भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्‍ने विश्‍वास नेपाली सेनाले लिएको छ।