• बैशाख ११ २०८२, बिहीबार

पछिल्लो २४ घण्टामा थपिए १५७ जना सङ्क्रमित, पाँचको मृत्यु

माघ १६ २०७७, शुक्रबार

काठमाडौँ। देशभर थप १५७ जना सङ्क्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन हजार २२१ जनाको पीसीआर परीक्षण गरिएकोमा १५७ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यो सँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ७४५ पुगेको छ ।हाल तीन हजार २२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ।

यस्तै पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट ३३३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६५ हजार ६९८ जना पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.१४ भएकाे छ।

यसैगरी पछिल्लो चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु भएको छ। । याेसँगै हालसम्म नेपालमा दुई हजार २५ जना सङ्क्रमितकाे मृत्यु भएकाे मन्त्रालयले जनाएको छ।