हिजो-आज मानिसहरू दिनहुँ रेस्टुरेन्ट धाउने गर्छन् । खानामा फरक स्वाद खोज्न, परिवार र साथीभाइबीच क्वालिटी टाइम बिताउन र समयको बचत गर्न अधिकांशको रोजाइमा रेस्टुरेन्ट पर्छ ।
यस्ता रेस्टुरेन्टमा मौलिक खाना या बाहिरबाट प्रचलनमा आएका विभिन्न रेसिपीका फरक स्वादको मज्जा लिन सकिन्छ। जसमध्ये ननभेज पारखीका लागि तन्दुरी चिकेन पनि एक हो ।
तन्दुरी चिकेन नेपालमा छोटो समयमै लोकप्रिय बनिसकेको छ । यसको इतिहास भारतको पन्जाबसँग जोडिएको पाइन्छ। मुगल साम्राज्यको समयमा तन्दुरी चिकेनलाई त्यहाँको मुख्य परिकारको रूपमा लिइने गरिन्थ्यो।
सन् १९४७ तिर दक्षिणी पन्जाब दिल्लीसँग जोडिन आएपछि लगभग इन्डियाभर नै यसलाई मुख्य परिकारका रूपमा खान थालियो । अहिले दक्षिण एसियाभरि नै तन्दुरी चिकेन अधिकांशले प्रयोगमा ल्याउने खान्की भएको छ।
बनाउने विधि
तन्दुरी चिकेन खानका लागि रेस्टुरेन्ट नै पुग्नुपर्छ भन्ने छैन । यसलाई चाहिने आवश्यक सामान तयार गरेर घरमै पनि बनाउन सकिन्छ ।
सामग्री
चिकेन लेग पिस (एकजनालाई करिब ८ सय ग्राम) , सादा दही, सुन्तला, रेड कलर दुई चम्चा, नुन र पेपर, लेमन जुस, चाट मसला, बिरेनुन, अदुवा र लसुनको पेस्ट, धनियाँको पाउडर, खुर्सानीको पाउडर, जिराको पाउडर ।
विधि
–चिकेन लेगलाई दुई पिसमा काटेर अदुवा र लसुनको पेस्ट, कागतीको रस आदि सबै मसाला राखी मेरिनेट गरी कम्तीमा ४५ मिनेट छाडिदिने ।
जुन समयमा चिकेनमा मसला राम्ररी छिर्न पाउँछ ।
–त्यसपछि चिकेन तन्दुरी बनाउँदा ओभनमा राखेर पकाउने । जसमा करिबा ३ सय डिग्रीको तापक्रममा करिब २० देखि २५ मिनेट राख्ने ।
यदि ढावामा रहेको ओभनमा पकाउने हो भने करिब ५ देखि ७ मिनेटमा तयार हुन्छ ।
–यसरी तन्दुरी चिकेन खानको लागि तयार गरिन्छ । यसलाई टमाटर अथवा पुदिनाको अचारसँग खान सकिन्छ ।