• बैशाख १४ २०८३, सोमबार

दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा ७ जना घाइते

माघ ८ २०७७, बिहीबार

दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा ७ यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराहीबाट तुलसीपुर आउदै गरेको रा १ ख १४६५ नम्बरको यात्रुबहाक बस दुर्घटना हुँदा सात जना घाइते भएका हुन् ।

३० जना यात्रु सवार रा १ ख १४६५ नम्बरको बस सर्रा नजिक दुर्घटनामा परेको हो । बिहीबार साँझ ७ बजेतिर दुर्घटना हुँदा घाईते भएका सवैका राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।