काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सम्पूर्ण तयारी पुरा भएको नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
लिग भोलि शुक्रबारदेखि शुरु हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
लिग अघि बिहीबार दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा क्लवका प्रशिक्षक तथा कप्तानहरुले उत्कृृष्ठ खेल खेल्ने र राम्रै नतिजा निकाल्ने दाबी गरे ।
लिग अन्तर्गत शनिबारदेखि हरेक दिन दुई खेल हुनेछन् । कुल ९१ खेल हुने लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन् ।
यस पटकको लिग विजेताले ७५ लाख पाउने छ । यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख पाउने छ । हरेक खेलको विजेताले ५० हजार पाउने छन् । खेल बराबरीमा सकिए दुबै टोलीले २५–२५ हजार पाउने एन्फाले जनाएको छ ।
अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।
डिभिजन लिगको भोलिदेखि शुरु,सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा