• मंसिर १२ २०८१, बुधबार

बालिनालीको अवशेष व्यवस्थापन किन र कसरी ?

मंसिर १ २०७८, बुधबार

विभिन्न बालिनाली भित्र्याएपछि बाँकी रहेको डाँठदाँइ गरेपछि बचेको पराल, भुस, लहरा तथा जमीनमा असरल्ल पातहरुलाई बालीनाली अवशेष भनिन्छ । विगत केही दशकदेखि कृषिक्षेत्रमा मेशिनको प्रयोग बढ्दोछ ।

साथै, खेतबालीमा काम गर्ने खेतालाको न्यूनताले गर्दा यो पनि आवश्यकता बनेको छ । यस्तोमा काट्ने तथा दाँइ गर्नु कम्बाइण्ड हाडरबेस्टरको प्रचलन द्रुत गतिले बढेको छ । जसको कारण ठूलो परिमाणमा बालीनालीको अबशेष खेतमा रहिरहन्छन् जसको समुचित व्यवस्थापन एउटा चुनौतिका रुपमा हाम्रो सामु छ ।

किसानहरु आफ्नो सहुलियतका लागि यीनलाई बालेर व्यवस्थापन गर्दछन् । यसका पछाडि किसानको आफ्नो तर्क छ । उनीहरुका अनुसार केही बाली जस्तै धान गहुँका जरा चँँडै माटोमा गल्दैन । साथै धान रोप्ने बेलामा किनतारमा थुप्रिने हुँदा कामदारको खुट्टा घोच्दछ ।

त्यस बाहेक अवशेष व्यवस्थापनमा खर्च ज्यामी अनि समयको आवश्यकता पर्दछ तथा दुई बालीको बीचमा उपयुक्त समयको अभावमा उनीहरु यस्तो गर्न बाध्य छन् । उनीहरुको तर्क यो पनि छ कि बालीनालीको अवशेष डढाउँदा खेत सफा हुन्छ ।

तर यसरी बालीनाली अवशेषहरुको व्यवस्थापन खेतको माटो, वातावरण एवम् मानिस तथा पशुहरुको स्वास्थयका लागि कति घातक हुन्छ । यसको अनुमान आज पनि किसानलाई छैन । कूल बालिनाली उत्पादनको ५८ प्रतिशत नगदेवालीबाट १७ प्रतिशत उखुबाट २० प्रतिशत रेसा भएका बालीबाट ५ प्रतिशत तेलहन बालीबाट प्राप्त हुन्छ ।

भारतमा गरिएको एउटा सर्वेक्षण प्रतिवेदनअनुसार सबैभन्दा बढी बालिनाली डढाउनेमा पन्जाव, हरियाना, पश्चिमी उत्तर प्रदेश रहेका छन् । यस कारण नयाँ दिल्लीको वायु प्रदूषण उच्च विन्दुमा पुग्ने गरिरहेको छ ।

आन्ध प्रदेश, महाराष्ट्र, पूर्वी उत्तर प्रदेश आदि राज्यमा पनि यो प्रथा शुरु भएको देखिन्छ । हाम्रो आफ्ने परिवेशमा पनि यो प्रथा नौलो चाहिँ होइन ।

बालिनालीको अवशेष डडाउँदा माटोमा हुने नोक्सानी :

खेतको उर्वरा शक्तिमा ह्रास :

· बालिनालीको अवशेष डढाउनले १०० प्रतिशत नाइट्रोजन २५ प्रतिशत फस्फोरस २० प्रतिशत पोटास र ६० प्रतिशत सल्फर नोक्सानी हुन्छ ।

· भूमिको संरचनामा क्षति हुनाको कारणले पोषक तत्वहरुको समुचित मात्रामा स्थानान्तरण नहुने तथा अत्याधिक पानीको निकास हुन नपाउनु ।

· माटोको कार्वनिक पदार्थको ह्रास ।

· बालिनालीको अवशेषबाट प्राप्त हुने पोषक तत्वहरुबाट माटो बञ्चित हुने ।

· माटोको माथिल्लो सतहमा पाइने मित्र किराफट्याङग्रा आदि नासिएर जाने ।

मानवीय स्वास्थयमा पर्ने दुष्प्रभाव :

· अस्थमा र दम जस्ता स्वाससम्बन्धी रोगहरुका रोगीहरुलाई साह्रै अप्ठ्यारो पार्ने छ साथै यी रोगहरुका विरामीको संख्या तेजीले बृद्धि हुने छ ।

· सल्फर अक्साइड तथा नाइट्रोजन अक्साइडका कारण आँखा पोल्ने ।

· छालाजन्य रोगको गुनासो बढ्ने ।

· वर्तमानमा बालिनालीको अवशेष डडाइने क्षेत्रमा क्यान्सरका रोगीहरुको संख्यामा बृद्धि भएको देखिन्छ ।

पर्यावरण सम्बन्धी दुष्परिणाम :

· यसले वैश्वीक तापमान (ग्लोवल वार्मिङ्ग) लाई प्रोत्साहन गर्दछ ।

· कुहिरो जस्तो स्थिति पैदा हुन्छ जसले गर्दा दुर्घट्ना हुने जोखिम बढ्दछ ।

· बालिनाली अवशेषका साथै खेतबारी किनाराको रुख विरुवालाई पनि आगोले क्षति पु¥याउँछ ।

· ओजोन तहमा ह्रास हुने ।

· अत्याधिक मात्रामा कार्वनडाइअक्साइडको उत्सर्जनले क्षति पुग्ने ।

· हरित गृह ग्यासहरुको अध्याधिक मात्रामा उत्सर्जनले वैश्वीक तापनलाई प्रोत्साहित गर्ने ।

बालिनाली अवशेष व्यवस्थापनको विकल्पहरु :

अहिलेको अवस्थमा मुख्यतः पशुहरुको आहारको लागि केही अवशेषहरु सङ्कलन गरिन्छ त्यसबाहेक बाँकीलाई खेतबारीमा डढाइन्छ । यसले गर्दा पर्यावरण, नजसमुदाय तथा पशु स्वास्थ्यलाई क्षति भइरहेको छ । अवशेष व्यवस्थापनको विकल्प निम्न प्रकारले हुन सक्छ :

· बालिनाली अवशेषलाई पशु आहार तथा औद्योगिक उपयोगका लागि सङ्कलन गर्ने, माटोमा मिलाउने, माटोको सतहमा राख्ने ।

· अवशेषहरुलाई पशु आहारा वा औद्योगिक उपयोगका लागि सङ्कलन गर्ने ।

धानको पराललाई पशु आहारको रुपमा प्रयोग अद्यपि यसमा सिलिकाको मात्रा धेरै हुन्छ । धानको पराललाई युरिया वा क्याल्सियम हाइड्रोक्साइडले उपचार गरेर वा प्रोटिनद्वारा सम्बर्धन गरेर प्रयोग गरी उपचारबाट गुणस्तरमा सुधार गरी आहाराको रुपमा प्रयोग गर्न सकिन्छ ।

पराललाई सानो सानो टुक्रामा काटेर वाष्पबाट उपचार गरी पशु आहाराको रुपमा प्रयोग गर्न सकिन्छ । स्ट्रो बेलर प्रयोग गरेर खेतबारीमा रहेको बालीनाली अवशेषलाई ब्लाँक बनाई कम ठाउँमा भण्डारण गरी उर्जा उत्पादन धरै निजी कम्पनीले भारतमा धानको परालबाट विजुली उत्पादन गरेका छन् ।

यसलाई बालिनाली अवशेषको प्रभावकारी व्यवस्थापन भानिन्छ । देशका मुख्य उत्पादन हुने क्षेत्रमा यसको प्रचार प्रसार गर्नु पर्ने आवश्यकता देखिन्छ ।

बालिनाली अवशेषहरुको कागज कुट कार्डबोर्ड कार्टुन कापी कितावको गाताजस्ता सामान बनाउनमा प्रयोग गरिनुका साथै अरु नयाँ नयाँ वैकल्पिक उपयोगहरुको पत्ता लगाउनु नितान्त आवश्यक छ ।

कुनै पनि दृष्टिकोणले बालिनालीको अवशेषहरु डढाउन उचित मानिदैन । त्यसैले कृषहरुले बालीनालीको अवशेषहरुको व्यवस्थापनको यस विकल्पलाई उपयोग गर्नु आवश्यक छ । संरक्षक प्रणालीलाई अपनाएर वा बालिनाली विविधिकरणद्वारा अवशेष डडाउने समस्याबाट मुुक्ति पाउन सक्छन् ।

बालिनाली अवशेषहरु माटोमा मिसाउने :

बालिनाली भित्र्याएपछि रोटावेटरले जोतेर एकपटक सिँचाई गर्नाले बालिनालीका अवशेषहरु माटोमा मिल्दछन् अनि अर्को बाली रोप्न वा बिउ छर्न सजिलो हुन्छ । धान, गहुँको अवशेषहरु जोटेर पानी लगाई व्यवस्थापन सम्भव छ ।

साथै, २०–२५ कि.ग्रा युरिया प्रति हेक्टरले हाल्नाले अवशेषहको माटोमा विलिन हुने प्रक्रिया चाडो हुन्छ । कार्वनीकृत धानको अवशेषहरुले माटोको वायोचार गर्नाले. माटोको उर्वर शक्ति बढ्नुका साथै उत्पादन दक्षता पनि बढेर जान्छ ।

अवशेषलाई खेतको सतहमा राख्ने :

गहुँ काटेपछि बाँकी जरा बुट्यान जिरोटिलेज मेशिन वा टंबो हैप्पी सिडर लु मुङ्ग वा ढैचा छरेर अवशेपष व्यवस्थापन गर्न सकिन्छ । धान काटिसकेपछि जिरो टिलेज प्रविधिबाट गहुँ छरेर प्रभावकारी ढङ्गले बालिनाली अवशेषहरु व्यवस्थापन गर्न सकिन्छ ।

उखु काटिसकेपछि रोटरी डिस्क ड्रिलले गहुँको बीउ दाना छर्ने प्रविधिलाई बृहतरुपमा प्रचार प्रसार गरी उखुबालीको अवशेषलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्न सकिन्छ ।

कपास भएको खेतमा गहुँको खेती र गहुँको बोट भएको खेतमा मुङ्गको खेती गरेर बालिनाली अवशेषको प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ । यस विधिले बालिनालीको अवशेष डढाउने प्रथा रोक्न सहयोगी हुनेछ ।