प्रविधिका जमाना आए । मानिसले सवारी साधन प्रयोगमा निकै बढी चासो दिए । टाढाको दुरी पैदल हिंडेर पार गर्न सकिदैन, तर घर वरिपरिका काम भने पैदल हिँडेरै गर्न सकिन्छ ।
‘मर्निङ वाक’का कुरा त छाडौं, छेवैंको पसलमा जाँदा पनि बाइक चढ्ने प्रचलन बढ्दो छ । त्यसमा पनि युवा पुस्ता त बढी बाइकमैत्री बन्दै गएको छ ।
पैदल हिंड्नु स्वास्थ्यका लागि अति लाभदायक छ । पैदल हिँड्दा हामीलाई मानसिक तथा शारीरिक रुपमा ठूलो फाइदा हुन्छ । पैदल हिडाइँले शारीरिक तन्दुरूस्तीका साथै रोगप्रतिरोधात्मक क्षमता बृद्धि गर्छ ।
संसारका धेरै स्थानमा हिँड्नकै लागि पार्कहरूको निर्माण भएको देखिन्छ । पार्कमा हिँड्दा मात्र पनि आयु लम्बिने गर्दछ । लामो आयु बाँचेकाहरूको दीर्घजीवनका रहस्यहरू पैदल यात्रामा लुकेको छ ।
जापानका केन तनका लामो उमेर बाँचेका थिए । उनले आफ्नो दीर्घ जीवनको रहस्य शारीरिक सक्रियतालाई नै देखाएका छन् । पैदल यात्राले जो कसैलाई पनि शारीरिक रूपमा सक्रिय बनाउन मद्दत गर्दछ ।
शारीरिक सक्रियताको सबैभन्दा सरल र सहज विधि भनेको पैदल यात्रा हो । यो विधि आफैमा प्राकृतिक र सर्वमान्य छ । हाल यो व्यायाममा अभिव्यक्त हुन थालेको छ ।
पैदल हिँडाइका निम्न फाइदाहरु छन् ः
१. मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।
२. फोक्सोको कार्यक्षमतालाई बढाउँछ ।
३. तौल कम गर्दछ ।
४. प्रतिरक्षा प्रणालीलाई सशक्त बनाउँछ ।
५. मधुमेहको समस्यालाई नियन्त्रण गर्छ ।
६. क्यान्सर रोकथाममा मदत गर्छ ।
७. खाना पचाउनमा सहयोग पु¥याउँछ ।
८. रक्तचाप नियन्त्रण गर्न मदत गर्छ ।
९. दीर्घ रोगहरूलाई जित्न मदत गर्छ ।
१०. मस्तिष्क घातको जोखिमलाई कम गराउँछ ।
११. तनाव कम गर्छ ।
१२. खराब, एलडीएल कोलेस्ट्रोल कम गर्न मदत गर्छ ।
१३. राम्रो, एचडीएल कोलेस्ट्रोल बढाउन सहयोग गर्छ ।
१४. रचनात्मक बनाउँछ ।
१५. दीर्घजीवी बनाउँछ ।