• मंसिर १४ २०८१, शुक्रबार

कम्युनिष्ट राष्ट्रपतिलाई मार्न अमेरिकाले गरेका ६३८ षडयन्त्र

कार्तिक २५ २०७८, बिहीबार

काठमाडौँ। क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोले एक पटक भनेका थिए, यदि कुनै पनि व्यक्तिको हत्याको प्रयासका लागि कुनै ओलम्पिक आयोजना हुँदो हो त त्यसमा आफूले स्वर्ण पदक जित्थे । फिडेललाई मार्न अमेरिकाले ६ सय ३८ पटक षड्यन्त्र रचेको थियो । तर, हरेक पटक फिडेल आफूलाई बचाउन सफल बने ।

फिडेल क्यास्ट्रोको हत्याका लागि रचिएको ६३८ वटा षड्यन्त्रको आँकडा आधिकारिक मानिन्छ र सायद यो भन्दा पनि बढी पटक प्रयास गरिएको हुनसक्ने बताइन्छ । फिडेलको हत्या गर्न विषालु चुरोट, कलम र विस्फोटक चुरोटको प्रयोग गरिएको बताइन्छ । यसमा सबैभन्दा बढि षड्यन्त्र अमेरिकी गुप्तचर एजेन्सी (सिआईए) ले रचेको थियो ।

उनका यी हत्या षड्यन्त्रमा क्युबाबाट भागेर अमेरिका बसेका फिडेल क्यास्ट्रोका विरोधी पनि सहभागी थिए । आफ्नो ८०औँ जन्म दिनमा फिडेल क्यास्ट्रोले भनेका थिए, ‘असीको उमेरमा म निक्कै खुशी छु । मैले कहिल्यै यस्तो खुशीको बारेमा सोँचेको थिइन । विश्वको सबैभन्दा शक्तिशाली देशको छेउमै छु, जो प्रत्येक दिन मलाई मार्ने नयाँ योजना बनाउँछ ।’

प्रेमिकाद्वारा हत्याको षड्यन्त्र
फिडेल क्यास्ट्रोलाई मार्ने षड्यन्त्रमा उनकी प्रेमिका पनि संलग्न रहेको बताइन्छ । फिडेललाई मार्नका लागि विषालु कोल्ड क्रिम उनीसम्म पुर्याउने जिम्मा प्रेमिकालाई दिइएको थियो । फिडेल क्यास्ट्रोकी पूर्वप्रेमिका मारिटा लोरन्स यस षड्यन्त्रका लागि उपयुक्त मानिइन् । तर, फिडेलले यसको संकेत पाइसकेका थिए । त्यसैले उनले आफ्नी पूर्वप्रेमिका मारिटालाई पेस्तोल दिएर गोली हान्न भने, तर उनले यसो गरिनन् ।

एकवर्ष ८ महिनाको उमेरमा फिडेल क्यास्ट्रो

सन् १९२६ अगस्ट १३ मा क्युबामा फिडेल क्यास्ट्रोको जन्म भएको थियो । सन् १९४० मा क्युबाको राष्ट्रपतिमा फुल्गेन्सियो बाटिस्टा निर्वाचित बने, उनी कट्टर अमेरिकी समर्थक थिए । त्यस समय क्युबामा भ्रष्टाचार र अत्याचार चरम अवस्थामा थियो । बाटिस्टामाथि अमेरिकी हितको रक्षाका लागि क्युबाका जनतालाई अन्याय गरेको आरोप लाग्यो । सन १९५२ मा क्युबाली क्रान्ति सुरु हुनअघि तानाशाही राष्ट्रपति फुल्गेन्सियो बाटिस्टा विरुद्ध क्यास्ट्रोले चुनाव लडे तर, षड्यन्त्रका कारण उनले हार बेहोर्नु पर्यो ।

एकसय सहकर्मीकासाथ क्रान्ति सुरु
क्युबाको बिग्रदो स्थिति र सत्ता विरुद्ध जनताको आक्रोश बढ्दै गयो । सन १९५३, जुलाई २६ का दिन फिडेलले क्रान्तिको बिगुल फुके । जम्मा एकसय जनाको साथमा क्युबाको स्याटियागो डीमा एक सैनिक ब्यारेकमा आक्रमण गरे । तर, यो आक्रमण असफल बन्यो । उनलाई १५ वर्षको जेल सजाय सुनाइयो र उनका सहयोगीसँगै उनलाई जेल पठाइयो ।

दुई वर्षपछि सन् १९५५ मा एक सम्झौताको माध्यमबाट फिडेल रिहा भए । जेलबाट छुटेपछि उनी मेक्सिको गए । मेक्सिकोमा फिडेल र उनका भाई राहुल क्यास्ट्रोले चेग्वेभारासँग मिलेर बाटिस्टा शासन विरुद्ध गुरिल्ला युद्धको सुरुवात गरे । फिडेलको क्रान्तिकारी विचार र आदर्शलाई क्युबाली जनताको भरपुर समर्थन मिल्यो । सन् १९५९ मा राष्ट्रपति फुल्गेन्सियो बाटिस्टालाई सत्ताच्युत गरेर क्यास्ट्रो सत्ता हासिल गर्न सफल बने ।

राष्ट्रपति फिडेल क्यास्ट्रो

कुनै पनि देशमा लामो समयसम्म शासन गर्ने विश्वको तेश्रो व्यक्ति हुन् फिडेल क्यास्ट्रो । उनले सन् १९५९ मा क्युबाको सत्ता सम्हालेका थिए र सन् २००८ सम्म उनले लगातार शासन गरे । फिडेलले आफ्नो पूरा जीवन विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकालाई चुनौती दिनमा बिताए । उनले अमेरिकी राष्ट्रपतिहरुको मजाक उडाए ।

अमेरिका विरोधी फिडेल
फिडेललाई लिएर विश्वमा थुप्रै रोचक तथ्यहरु फैलिएका छन् । यद्यपि, तीमध्ये धेरैजसो अमेरिकी प्रोपागान्डाका कारण फैलिएका छन् । भनिन्छ, उनको विशेषता रोमाञ्चक थियो, तर उनले करिव आधा शताब्दीसम्म क्युबामा निक्कै ससक्त शासन चलाए । उनले क्युबाली क्रान्तिलाई गरिवहरुको हकको लडाईं बताएका थिए र यस दौरान उनको नेतृत्वले अमेरिकालाई पनि मुठ्ठीमा लिएको थियो ।

क्युबामा रहेको अमेरिकी फ्याक्ट्री र प्लान्टेसनमाथि उनको नेतृत्वले कब्जा जमायो । पछि गएर क्युबाले सोभियत युनियन (हालको रुस) सँग हात मिलायो र अमेरिकाद्धारा आक्रमण हुनसक्ने खतरालाई महशुस गर्दै सोभियतले क्युबामा एक परमाणु मिसाइल बेस पनि बनायो, जसको अमेरिकाले जोडतोड विरोध गर्यो ।

राष्ट्रपति फिडेल क्यास्ट्रो र उनको घर

फिडेलले क्युबाको अर्थ व्यस्थालाई बाँकी विश्वका लागि कहिल्यै बाटो खोलेनन् । उनले देशमा खद्यान्न प्रणाली ससक्त रुपले लागु गरेका थिए । क्युबामा रहेका कुनै पनि चीजलाई खराब बनाउने प्रश्नै उठ्दैन थियो । क्युबाले पनि अमेरिकी प्रतिबन्धको सामना गर्नुपर्यो । यद्यपि, प्रतिबन्धका बाबजुद पनि क्युबाका जनता खुशी थिए ।

आफ्नो अन्तिम दिनहरुमा क्यास्ट्रो अखबारहरुमा स्तम्भकारको रुपमा काम गरे । उनले देश तथा विदेश नीतिहरुमाथि आफ्नो राय राख्थे । क्युबाका धेरै नागरिकले फिडेललाई महान क्रान्तिकारी बताउँछन् । सन् २००८ मा फिडेलले क्युबाको सत्ता आफ्नो भाई राहुल क्यास्ट्रोलाई सुम्पिए । सन् २०१६, नोभेम्बर २५ का दिन ९० वर्षको उमेरमा उनको निधन भयो ।